कैलालीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

३१८ नमुनाहरुमध्ये ३८ जनामा संक्रमण पुष्टि

शुक्रबार, ०५ मङि्सर २०७७    क्यापीटल संवाददाता



कैलालीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
फाइल तस्विर

धनगढी, मंसिर ५।

धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ३८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३१८ नमुनाहरुमध्ये ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीका १३ महिला र २५ जना पुरुष गरी ३८ जनामा कोरोना देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनले धनगढी उपमहानगरपालिकाका १५ जना, गोदावरी नगरपालिकाका दुईजना, गौरीगंगा नगरपालिकाका एकजना र घोडाघोडी नगरपालिकाका एकजनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै भजनी नगरपालिकाका ८ जना, टीकापुर नगरपालिकाका एकजना, लम्कीचुहाँ नगरपालिकाका ६ जना र स्थानीय तह नखुलेकाका चारजना गरी ३८ जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

प्रतिकृया दिनुहोस