"मेचि महाकाली हल्ला छ, राजा ल्याउने सल्लाह छ" भन्दै धनगढीमा उर्लियो जनसागर (तस्बिरमा...)

कैलालीमा बृहत प्रदर्शन

बिहिबार, ०४ मङि्सर २०७७    टेक सिँह धामी



"मेचि महाकाली हल्ला छ, राजा ल्याउने सल्लाह छ" भन्दै धनगढीमा उर्लियो जनसागर (तस्बिरमा...)
तस्विर: याली प्रदर्शन

धनगढी, मंसिर ४।

राजा समर्थकहरूले आज कैलालीमा मेचि महाकाली हल्ला छ, राजा ल्याउने सल्लाह छ भन्दै बृहत प्रदर्शन गरेका छन् ।

सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा  हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि दबाब दिन कैलालीमा प्रदर्शन भएको छ । हिन्दु राष्ट्र पुनर्स्थापना तथा संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै बिहीबार धनगढीमा बृहत र्‍याली प्रदर्शन गरिएको स्वतन्त्र देशभक्त नागरिक संयोजक रवीन्द्र कार्कीले जानकारी दिए ।

 

 

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट निश्केको र्‍याली कैलालीकै अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस