हिन्दु राष्ट्र पुनर्स्थापना र राजतन्त्र स्थापनाको माग गर्दै कैलालीमा बृहत प्रदर्शन

बृहत मोटरसाईकल र्‍याली

बिहिबार, ०४ मङि्सर २०७७    क्यापीटल संवाददाता



हिन्दु राष्ट्र पुनर्स्थापना र राजतन्त्र स्थापनाको माग गर्दै कैलालीमा बृहत  प्रदर्शन
तस्विर: याली प्रदर्शन

धनगढी, मंसिर ४।

हिन्दु राष्ट्र पुनर्स्थापना तथा संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै बिहीबार धनगढीमा र्‍याली प्रदर्शन गरिएको छ।  स्वतन्त्र देशभक्त समाजले कैलालीमा बृहत मोटरसाईकल र्‍याली निकालेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट निश्केको र्‍याली कैलालीकै अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोण सभामा परिणत भएको संयोजक रवीन्द्र कार्कीले जानकारी दिए ।

सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा निष्केको जुलुस तथा र्‍यालीमा सयौँ युवा तथा समर्थकको सहभागिता रहेको थियो । हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको माग गर्दै बृहत प्रर्दशन भएको हो ।

धनगढीको बुद्ध चोकबाट सुरु भएको प्रर्दशन धनगढी ६ लेन सडक हुँदै अत्तरिया सम्म पुगेको थियो । 

र्‍यालीमा हजारौं मोटरसाइकल सहित राजसंस्था पुनःबाहालीका पक्षधरहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस