वडा अध्यक्ष इन्द्रले गरे तेस्रो बिहे, ५२ वर्षकी पाँच जना छोरछोरीकी आमा भगाए

वडाध्यक्षले ५२ वर्षकी अर्की श्रीमती थपे

बिहिबार, ०४ मङि्सर २०७७    Capital Live News



वडा अध्यक्ष इन्द्रले गरे तेस्रो बिहे, ५२ वर्षकी पाँच जना छोरछोरीकी आमा भगाए
तस्विर: वडा अध्यक्ष इन्द्र कुमाई

सल्यान, मंसिर ४। 

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ का वडा अध्यक्ष इन्द्र कुमाईले घरमा दुइ वटी श्रीमती हुँदाहुँदै तेस्री पनि भित्र्याएका छन् । कुमाईले गाउँकै पाँच जना छोरछोरीकी आमा गौरी बोहोरालाई हालै भगाएका हुन् । घरमा पहिलेदेखि दुईवटी श्रीमती राखेका वडाध्यक्षले ५२ वर्षकी अर्की श्रीमती पनि थपेर तीनवटी बनाएका हुन् । उनको जेठी श्रीमतीको तर्फबाट दुई छोरी र दोस्रोको तर्फबाट दुई छोरा छन् ।

धेरै पहिलेदेखि लसपसको सम्बन्ध रहेकाे आशंका गर्दै आएका गाउँलेहरूले वडाध्यक्ष र गौरीबीच कसिलो सम्बन्ध भएको अड्कल लगाउँदै आएका थिए । वडाध्यक्षको पहलमा ती महिलालाई धेरै पटक उपभोक्ता समितिमा समेत राख्ने गरिएको थियो । ‘हाम्रो सम्बन्धको बारेमा गाउँभरी हल्ला भएपछि बिहे गरेको हुँ’ कुमाइले स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले तेस्रो बिहे गर्नुपर्नाको कारण खुलाएका हुन् ।

उता पाँच वटा बालबच्चा छाडेर श्रीमती वडाध्यक्षसँग भागेपछि नोखिराम बोहरा बालबच्चाको लालनपालन र भविश्यप्रति चिन्तित देखिएका छन् । जन आस्थाबाट​

प्रतिकृया दिनुहोस