धनगढीमा १६ वर्षीया युवती मृत फेला

लक्ष्मी चौधरी मृत अवस्थामा फेला

बुधबार, ०३ मङि्सर २०७७    क्यापीटल संवाददाता



धनगढीमा १६ वर्षीया युवती मृत फेला
फाइल तस्विर

धनगढी, मंसिर ०३।

धनगढीको कैलाली गाउँमा युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

उप–महानगरपालिकाको वडा नम्बर १३ कैलाली गाउँस्थित १६ वर्षीया युवती लक्ष्मी चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

थापाले युवती झुण्डिएको अवस्थामा फेला परेको भएपनि घटनाको अनुसन्धान भइरहेको बताए । 
 

प्रतिकृया दिनुहोस