यो हो संसारकै खतरनाक बाटो, जहाँबाट खसेमा शव समेत फेला पर्न मुश्किल पर्छ

चीनमा भएको ५ पवित्र स्थान मध्ये

आइतबार, ३० कार्तिक २०७७    Capital Live News



यो हो संसारकै खतरनाक बाटो, जहाँबाट खसेमा शव समेत फेला पर्न मुश्किल पर्छ
तस्विर: विश्वकै सबैभन्दा धेरै खतरनाक बाटो

काठमाडौं, कार्तिक ३०। 

विश्वमा धेरै खतरनाक बाटोहरु छन् । मानिसहरु जोखिमको बाटो पनि यात्रा गर्ने गर्छन् । कुनै पनि महत्वपुर्ण स्थलमा पुग्न मानिसहरु जस्तो सुकै बाटोमा पनि यात्रा गरेर पुग्ने गर्छन् । 

यस्तै चीनमा एक खतरनाक बाटो छ, जहाँ धेरै मानिसहरु जाने गर्छन् । माउन्ट हुआंग्शनसम्म जाने बाटो विश्वकै सबैभन्दा धेरै खतरनाक बाटो मानिएको छ । माउन्ट हुआंग्शन चीनमा भएको ५ पवित्र स्थान मध्ये एक हो । 

जहाँ जान चीनीयाँ मानिसहरुको भीड लाग्ने गर्छ । यो बाटोमा जानेक्रममा खतरनाक पुल र पहरा पनि पारगर्नुपर्ने हुन्छ । यो बाटोमा उभिएर साङ्लोमा समातेर छातिमा पेटी बाधेर पहाड चढ्नु पर्छ । 

मानिसहरुले आफ्नो ज्यान हत्केलामा राखेर बाटो हिडिरहेका हुन्छन् । ७ हजार फिट माथि पुल समेत रहेको यो बाटोबाट कोही खसेमा शव पनि फेला पार्न कठिन हुन्छ । खतरनाक बाटो भए पनि यहाँ जाने मानिसको कमी भने हुँदैन । 

 

प्रतिकृया दिनुहोस