सिगासमा वडा सदस्यको दादागिरी: राती राती घरेडि काट्दै, स्थानीय कुट्दै

हात र शरिरमा चोटपटक

शुक्रबार, २८ कार्तिक २०७७    टेक सिँह धामी



सिगासमा वडा सदस्यको दादागिरी: राती राती घरेडि काट्दै, स्थानीय कुट्दै
तस्विर: कुटपिट गराउने वडा सदस्य

बैतडी, कार्तिक २८​।

बैतडीको सिगासमा एक स्थानीयमाथि हातपात भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा ०९ मा हिजो राती स्थानीय जनक सिंह धामी माथि कुटपिट गरिएको छ। धामीको हात र शरिरमा चोटपटक लाग्को छ ।

सिगासमा सन्चालित देउलेक दोगाड गर्जे सडकखण्ड काट्दै गरेको डोजर रातीको बेला ब्यक्तिगत प्रयोजनमा लगाउदै आएको र सरकारी प्रयोजनको गाडी ब्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न नहुने किन गरियो भन्दा स्थानीय जनक सिंह धामी माथि हातपात भएको देउलेक दोगाड गर्जे सडकखण्ड उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र धामी ले जानकारी दिए। हिजो राती सिगास ०९ को चौखाममा सडकखण्ड काट्दै गरेको डोजर सडक निर्माण समितिलाइ समेत जानकारी नदिई स्थानीय जनप्रतिनिधि वडा नं ०९ का सदस्य कृष्ण धामीले बलजफ्ती आफ्नो घर कटाउन प्रयोग गरेका छन्। यस्तै अन्य गगन बि क गंगा धामी पम्मा धामी प्रेम सिंह धामी लगायतको घरेडी कटाएको उपभोक्ता समितिका अध्यक्ष धामीले बताए।

उनले भने "मलाइ जानकारी नै नदिइकन डोजर सिगास ०८ को सिमानाबाट फर्काएर रातारात घरेडि काटिए । म जिम्मेवार मान्छे मलाइ नै जानकारी छैन यसका विरुद्ध बैठक बोलाएर निज सदस्य, डोजर चालक लोकेन्द्र धामी र सहचालक भरत बोहरा माथि कानुनि कारवाही गरिने बताए।

वडा सदस्य कृष्ण धामीको निर्देशनमा आफुले कुटेको चालक लोकेन्द्र धामीले स्वीकारेका छन। सदस्य धामीले घरेडी कटाउन लगाएको र वादविवाद भएपछि चालक र सहचालक द्वारा जनक सिंह धामी माथि आक्रमण गरिएको चालक बताउँछन्। सदस्य धामीले बादबिवादका क्रममा सहचालकले हातपात गरेको बताए।

यस बिषयमा उपभोक्ता समितिका अध्यक्षलाइ बुझ्न खोज्दा डोजर चालकले कुनै जानकारी नगराइ मनोमानी ढंगले काम गरेको र त्यस को जिम्मेवार स्वयम हुनुपर्ने बताए।

प्रतिकृया दिनुहोस