बैतडीमा फेरि ट्याक्टर दुर्घटना, चालकको मृत्यु

खेमराज ढकालको घटनास्थलमै मृत्यु

शुक्रबार, २८ कार्तिक २०७७    टेक सिँह धामी



बैतडीमा फेरि ट्याक्टर दुर्घटना, चालकको मृत्यु
तस्विर: ट्याक्टर दुर्घटना

बैतडी, कार्तिक २८​

बैतडीको पाटन नगरपालिका–४ मा ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ।

दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालक बर्दियाको बारबर्दिया नगरपालिका– ८ का ३० बर्षीय खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दार्चुलातर्फ गइरहेको लु ४ प ६१७१ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ। यस्तै बिहीबार राती मात्रै बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस