खोड्पे बस दुर्घटना अपडेटः  ९ जनाको मृत्यु, ११ जना धनगढी रेफर

९ जनाको मृत्यु

शुक्रबार, २८ कार्तिक २०७७    क्यापीटल संवाददाता



खोड्पे बस दुर्घटना अपडेटः  ९ जनाको मृत्यु,  ११ जना धनगढी रेफर
तस्विरः धनगढी रेफर गरिएका घाइते

धनगढी, कार्तिक २८।
बैतडीमा बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका ८ खोड्पे स्थित दशरथचन्द राजमार्गमा मा बिहीबार राति वस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जना गम्भीर अवस्थाका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगर आएको पवनदूत अटो मेनेजमेन्ट प्रा।लिको ना ५ ख ५१४१ नम्बरको वस राति १० बजे खोपडे पुग्न अघि घुम्तीबाट झण्डै ६ सय मिटर खसेको हो । दुर्घटनामा मृत्यु भएकामध्ये केहीको घट्नास्थलमा अन्यको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दोगडाकेदार गाउँपालिका ६ सित्तडका रण बहादुर चन्द र करन सिह ऐरको घट्नास्थलमा मृत्यु भएको हो । २५ वर्षिय चन्द प्रहरी जवान हुन् । २७ वर्षिय ऐर वस मुनि च्यापिएको अवस्थामा भेटिएका छन् । यसैगरी दुघंटनामा परी दोगडा केदार गाउँपालिकाका कर्मचारी कविन्द्र जोशीको पनि ज्यान गएको छ ।

मृत्यु भएकामध्ये भीमदत्त नगरपालिका ८ किर्तिका कार्कीको पनि सनाखत भएको छ । उहाँको उपचारको क्रममा डडेल्धुरास्थित उप क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । चार जना बाहेक अन्य मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइतेहरुलाई राति नै डडेल्धुराको उप क्षेत्रीय अस्पतालमा लगिएको थियो । अहिले उप क्षेत्रीय अस्पतालमा ८ जनाको उपचार भई रहेको छ । त्यस बाहेक गम्भीर अवस्थाका ११ जनालाई उपचारका लागि धनगढी रिफर गरिएको छ । घाइतेहरुको अहिले माया मेट्रो अस्पतालमा उपचार हुदै । 

प्रतिकृया दिनुहोस