रगत अभावलाई मध्यनजर गर्दै ‘प्रहार’ संस्थाद्धारा रक्तदान, ३१ पिन्ट रगत संकलन

आगामी दिनहरुमा पनि संस्था यस्ता काम गरिरहने

बिहिबार, २७ कार्तिक २०७७    क्यापीटल संवाददाता



रगत अभावलाई मध्यनजर गर्दै ‘प्रहार’ संस्थाद्धारा रक्तदान, ३१ पिन्ट रगत संकलन
तस्विरः रक्तदान गर्दे

धनगढी, कार्तिक २७ ।
कोरोना महामारीका बेला रगत अभाव भएपछि प्रहार संस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका छन् । एक हप्ते आत्मरक्षा तालिमको समापन समारोहका उलपलक्ष्यमा संस्थाले विहिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।प्रहार संस्थाका संस्थापक प्रकाश कुमार चन्दले आत्मरक्षा तालिमका प्रशिक्षक, सहभागि र सहभागिका अभिभावकहरुले रक्तदान गरेको बताउनुभएको छ ।

उहाले सबैबाट ३१ पिन्ट रगत संकलन गरिएको जानकारी दिनुुभएको छ । संकलित रगतले धेरैको ज्यान जोगाउने बताउनुुभएको छ । उहाले आगामी दिनमा पनि संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस