बैतडीको सिगासमा भिरबाट लडेर एक किशोरीको मृत्यु

घटनास्थलमै किशोरीको मृत्यु

सोमबार, २४ कार्तिक २०७७    टेक सिँह धामी



बैतडीको सिगासमा भिरबाट लडेर एक किशोरीको मृत्यु
तस्विर: मृतक भागरथी बोहरा

 बैतडी, कात्तिक २४।

बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका वडानं ०८ लुपुडकी अन्दाजी २० बर्षिया किशोरी भागरथी बोहराको भिरबाट लडेर मृत्यु भएको हो। आज करिब ४ बजे खर (गाज्जो) काट्ने क्रममा  हरबुडे मेला भन्ने भिरबाट लडेर भागरथीको ज्यान गएको स्थानीय केशब बोहराले बताए।

आज करिब ४ बजे भिरबाट लडेर घटनास्थलमै किशोरीको मृत्यु भएको र घटनास्थलबाट शव घर ल्याउने काम भइरहेको बोहोराले बताए।

प्रतिकृया दिनुहोस