कैलालीको चुरेमा तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

कार्तिक २४ गतसम सञ्चालन हुने

आइतबार, २३ कार्तिक २०७७    क्यापीटल संवाददाता



कैलालीको चुरेमा तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु
तस्विर: भलिबल प्रतियोगिता उद्धघाटन

धनगढी, कार्तिक २३।
कैलालीमा तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्लाको चुरेमा शनिबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चुरे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तारासिंह साउद प्रतियोगिताको उद्धघाटन गरेका हुन् । प्रतियोगिताका लागि ७ टिम दर्ता भएका छन् ।

कार्तिक २२ देखि सुरु भएको भलिबल प्रतियोगिता यही कार्तिक २४ गतसम सञ्चालन हुने वसन्तपुर यूथ क्लवका सचिव योगेश साउँदले जानकारी दिए । भलिबल प्रतियोगिताका विजेता टिमलाई ५ हजारको चेकसहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिने भएको छ ।

प्रतिकृया दिनुहोस