नेहा र निशानको स्वरमा ‘सुकुटे बिच’ भिडियो सार्वजनिक

शुक्रबार, २१ कार्तिक २०७७    Capital Live News



नेहा र निशानको स्वरमा ‘सुकुटे बिच’   भिडियो सार्वजनिक
तस्विरः भिडियोबाट

काठमाडौं, कात्तिक २१ ।

निशान भट्टराई र नेहा खड्काको स्वरमा सजिएको लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्ज/ मिक्सिङ/ मास्टरिङ राजु कार्किले गरेका छन् । सागर खड्रकाको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ । भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ ।

सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र सुकेट बिचमा छाँयाकन रहेको भिडियोको छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई, सम्पादन डिनसन शाह, डेस सुनिता चौलागाई, श्रृगार सब्बु तामाङ, निर्माण नियन्त्रण नविन चौधरी र लाईट लक्ष्मण गौतम एण्ड टिमको रहेको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट भिडियो आम दर्शकमाझ आएको छ ।


प्रतिकृया दिनुहोस