बैतडीमा गहुँ छर्दा गोरुले कुल्चेर एक महिलाको मृत्यु

उपचारको क्रममा मृत्यु

बिहिबार, २० कार्तिक २०७७    टेक सिँह धामी



बैतडीमा गहुँ छर्दा गोरुले कुल्चेर एक महिलाको मृत्यु
फाइल तस्विर

बैतडी, कार्तिक २०।

बैतडीमा गोरुले कुल्चेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ०६ रोडीदेवलकी ६० बर्षीय जयन्ती भण्डारीको गोरुले कुल्चेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कार्तिक १७ गते खेतमा गहुँ छर्ने क्रममा गोरुले कुल्चेर गम्भीर घाईते भएकी भण्डारीलाई उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा १८ गते उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस