बुधवार सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार

चाँदीको मुल्यमा गिरावट

बुधबार, १९ कार्तिक २०७७    Capital Live News



बुधवार सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार
फाइल तस्विर

काठमाडौं, कात्तिक १९ ।

सोमवार स्थिर रहेको सुनको मूल्य मंगलवार ४ सय रुपैयाँले बढेको थियो । त्यस्तै बुधवार छापावाल सुन ९ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने मंगलवारको तुलनामा ५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस