धनगढीमा हत्या गरिएका प्रहरीका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने

१/१ लाख रुपैयाँ उपलब्ध गराउने

बिहिबार, ०६ कार्तिक २०७७    क्यापीटल संवाददाता



धनगढीमा हत्या गरिएका प्रहरीका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने
तस्विर: मृतक प्रहरी

धनगढी, कार्तिक ६। 

धनगढीको जुगेडामा हत्या प्रहरी सहायक निरीक्षक(असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग रकम दिने निर्णय गरेको छ। 

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो। हाललाई परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय भएको मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव ओलीले जानकारी दिए। 

प्रतिकृया दिनुहोस