दशै खर्च वाफतको ६३ हजार कोरोना रोकथाम खातामा जम्मा गरेः भौतिक मन्त्री बोहराले

चौतर्फि आलोचन भएसंगै मन्त्रीहरु दशैं भत्ता फिर्ता गर्दै

मङ्गलबार, ०४ कार्तिक २०७७    क्यापीटल संवाददाता



दशै खर्च वाफतको ६३ हजार कोरोना रोकथाम खातामा जम्मा गरेः भौतिक मन्त्री बोहराले
तस्विरः भौतिक मन्त्री बोहरा

धनगढी, कात्तिक ०४ ।
सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिह बोहराले दशै खर्च वाफत पाएको ६३ हजार रुपैया प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम खातामा जम्मा गरिदिएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले आक्रान्त बनेका बेला मन्त्री बोहराले सरकारले उपलब्ध गराएको दशै खर्च वाफतको ६३ हजार प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम धनगढी शाखामा रहेको खाता नम्बर ४१७०५०३०००००३ जम्मा गरेका छन ।

प्रतिकृया दिनुहोस