बैतडीमा गाउँपालिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा २ जना पक्राउ

स्थानीय अर्जुन मडै र भरत मडै पक्राउ

सोमबार, ०३ कार्तिक २०७७    क्यापीटल संवाददाता



बैतडीमा गाउँपालिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा २ जना पक्राउ
फाइल तस्विर

बैतडी, कार्तिक ०३।

बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिट गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्नया गाउँपालिकाको वडा नम्बर ५ का स्थानीय अर्जुन मडै र भरत मडै रहेका छन्। 

दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धानका गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताएका छन्।

असोज २८ गते साझ गाउँपालिकाको केन्द्रको विषयमा भएको विवादमा गाउँपालिका अध्यक्ष विष्ट लगायत १४ जनामाथि आक्रमण भएको थियो। झडपमा परी अध्यक्ष बिष्टसहित ५ जना प्रहरी, ६ जना संघर्षरत पक्ष, ३ जना अध्यक्षसँग रहेका व्यक्ति गरेर १४ जना घाइते भएका थिए। 

प्रतिकृया दिनुहोस