सुनको भाउ तोलामा २०० रूपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?

चाँदीको मुल्य स्थिर

आइतबार, ०२ कार्तिक २०७७    Capital Live News



सुनको भाउ तोलामा २०० रूपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
फाइल तस्विर

काठमाडौं, कात्तिक ०२ ।

आज सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला २०० रूपैयाँ घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रूपैयाँ तोकेको छ। शुक्रबार ९४ हजार ९०० मा कारोबार भएको थियो।  यस्तै, शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको तेजाबी सुनको मूल्य आज ९४ हजार २०० रूपैयाँ कायम गरिएको छ।  चाँदीको भाउ भने आज प्रतितोला एक हजार २०० रूपैयाँमा स्थिर रहेको छ।

प्रतिकृया दिनुहोस