सुर्नयाः केन्द्र विवाद हिंसात्मक बन्यो, कुटपिटमा परेका गाउँपालिका अध्यक्ष धनगढी रेफर

गाउँपालिकाको केन्द्र सार्न नहुने माग

बिहिबार, २९ असोज २०७७    क्यापीटल संवाददाता



सुर्नयाः केन्द्र विवाद हिंसात्मक बन्यो, कुटपिटमा परेका गाउँपालिका अध्यक्ष धनगढी रेफर
तस्विर: अध्यक्ष बिरबहादुर विष्ट

बैतडी, असोज २९।

बैतडीको सुर्नयामा कुटपिटमा परेका गाउँपालिकाका अध्यक्ष बिरबहादुर विष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

गाउँपालिकाको केन्द्र सार्न नहुने माग गर्दै आन्दोलित भएका स्थानीयको कुटपिटमा परी घाइते भएका विष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार अध्यक्ष विष्टको टाउकोमा चोट छ। स्थानीयको कुटपिटबाट थप पाँच प्रहरी सहित  १४ जना घाइते भएका छन्। केन्द्र सार्न नहुने भन्दै गाउँपालिकाको कार्यालयमा ताालबन्दी गरेका स्थानीयले ताला खोल्न गएको भन्दै बुधबार कुटपिट गरेको थिए।

वडा नम्बर ५ को कठ्यागौँडमा रहेको अस्थायी केन्द्रलाई नै स्थायी बनाउनुपर्ने माग आन्दोलरत पक्षको छ भने गाउँ कार्यपालिका बैठकले वडा नम्बर ५ कै पविता भन्ने ठाउँमा केन्द्र राख्ने निर्णय गरेपछि विवाद उत्सर्कसमा पुगेको छ।कठ्यागौड केन्द्र पक्षधरले स्थानीय अर्जुन मडैको संयोजकत्वमा गाँउपालिका केन्द्र सघंर्ष समिति गठन गरी दबाब मुलक विरोधका कार्यक्रम गर्दै आएका छन्।

केन्द्रकै विषयलाई लिएर सर्वोच्च अदालतमा समेत गाउँपालिकाको निर्णय विरुद्ध रिट दायर भएको छ। उक्त मुद्दाको अन्तिम फैसला नभएका बेला गाउँपालिकाले केन्द्र सार्न खोजेपनि विवाद झनै बल्झिएको हो। 

प्रतिकृया दिनुहोस