'जीवन रोदनको मुल रहेछ बुझ्न सकेन'

सपना देख्नु भुल रहेछ बुझ्न सकेन

बुधबार, २८ असोज २०७७    Capital Live News



'जीवन रोदनको मुल रहेछ बुझ्न सकेन'
तस्विर: कृष्टी जोशी

धनगढी, असोज २८। 

जीवन रोदनको मुल रहेछ बुझ्न सकेन ।

सपना देख्नु भुल रहेछ बुझ्न सकेन।

आफैलाइ भगवान सम्झी भविष्य बताउने उसले

आफू पनि जमिनको धुल रहेछ बुझ्न सकेन।

 

हेर्दा नादान देखिने साधारण मानव भित्र पनि

बर्षौदेखी लुकेको दानवको हुल रहेछ बुझ्न सकेन।

बेसहारा भन्दै लाचारमा गनिने उ पनि

उसको पनि ठुलो कुल रहेछ बुझ्न सकेन।

 

चस्क्क घोच्ने झार भन्दै उखालिएको बोट पनि

सुगन्ध छर्ने गुलाबको फुल रहेछ बुझ्न सकेन।

दिनभरी नदिका दुई किनारालाइ सहारा दिने पनि

रमझम रातमा सदैब एक्लो पर्ने पुल रहेछ बुझ्न सकेन।

कृष्टी जोशी (गजल)

प्रतिकृया दिनुहोस