बैतडीको सिगासमा उपभोक्ता समितिमा बस्न तछाडमछाड, एकै योजना सन्चालनका लागि बने २ समिति

३ बर्ष बितिसक्दा विधुत लाइन विस्तार हुन सकेन

मङ्गलबार, २७ असोज २०७७    टेक सिँह धामी



बैतडीको सिगासमा उपभोक्ता समितिमा बस्न तछाडमछाड, एकै योजना सन्चालनका लागि बने २ समिति
तस्विर: सिगास गाउँपालिका वडानं ६

बैतडी, असोज २७।

बैतडीको सिगास गाउँपालिका वडानं ६ स्थित लेकममा सन्चालित थलालीगाड लघु जलविद्युत आयोजना सन्चालनका लागि २ पटक २ वटा उपभोक्ता समिति गठन गरिएको खुलेको छ। याेजनामा २ वटा उपभोक्ता समिति बन्दा वडा कार्यालय अन्यौलतामा छ। कसलाइ कार्यभार दिने, कसले योजना सन्चालन र कार्यन्वयन गर्ने भन्नेमा अन्यौलता रहेको वडा अध्यक्ष डम्बर धामीले बताए।

अध्यक्ष धामीले भने "कार्यालय कुन समितिलाई सिफारिस दिने भन्ने कुरामा अन्याैलमा छ। बिगत २०७५ साल देखि स्थानीय उपभोक्ता भक्त सिह साउदले उपभोक्ता समितिको अध्यक्षको रुपमा काम गर्द‌ै अाएका थिए उपभोक्ताले समिति पुर्नगठनको माग राखेपछी उपभोक्ता भेला गराएर वडा कार्यालय मार्फत २०७७ असाेज ७ मा लघु जलविद्युत आयोजना निर्माणका लागि उपभोक्ता समिति पुनर्गठन गरियो। त्यस दिनको भेलाले हरि सिह साउद को अध्यक्षतामा कार्य समिति बनायो"।

नयाँ बनेको समिति र पुरानो समितिका अध्यक्ष लगायतका पदाधिकारीहरु हिजो देखि योजना सम्झौता गर्न सिफारिस दिनुपर्ने भन्दै वडा कार्यालय धाउदै छन। भक्त सिंह साउदले जबर्जस्ती समिति गठन गरिएको र मेरो सहमति बिना नै नया समिति गठन गरेको आरोप लगाएका छन। उता हरि सिंह साउदले भने आम उपभोक्ता र सम्बन्धित निकायको रहोवरका साथै भूतपूर्व अध्यक्षकै जनमासमा समिति गठन गरिएको दाबी गरेका छन्।

गाउँपालिकाले बिबाद समाधान गरेपश्चात मात्र सम्झौता गरि काम सन्चालन गर्न अनुमति दिने भन्दै वडा कार्यालय लाइ पत्राचार गरेको छ। उक्त आयोजनामा गत बर्ष को ४० लाख समेत सम्झौता गर्न बाकि रहेको र उपभोक्ता समिति ले काम गर्न नसकेको हरिसिंह साउदले बताए। यसपाली २५ लाख बजेट बिनियोजन गरिएको छ गत बर्षको ४० लाख र यस बर्षको २५ लाख यसैपाली सम्झौता गरेर योजना थालिने भएपनि सम्झौता सिफारिसका क्रममै बिबाद भएपछि सम्झौता प्रक्रिया स्थगित भएको साउदले बताए। 

३ बर्ष बितिसक्दा समेत विधुत लाइन विस्तार समेत हुन सकेको छैन।  यस्तै भेगेखाेला लघु जलविद्युत आयोजनाको हालत पनि उस्तै छ। बिधुत विस्तारका लागि करिब ६५ लाख खर्च भएपनि बिधुत लाइन विस्तारको काम अझै अलपत्र अवस्थामा रहेको छ। पोलहरु ढलिसके, तारहरु अब्यबस्थित अवस्थामा रहेको वडा अध्यक्ष डम्बर धामीले बताए।

लघु जलविद्युतमा भ्रष्टाचार भएको र स्वार्थपुर्तीकै लागि समितिमा यस्तो होडबाजी र हानथाप भइरहेको स्थानीयहरु बताउँछन्। अब आखिरअन्धकार कहिले सम्म स्थानीय उपभोक्ता हरुले प्रश्न गर्न थालेका छन।

प्रतिकृया दिनुहोस