सुनको मुल्य बढ्यो , तोलाको कति ?

चाँदीको मुल्य प्रतितोला १२३५ मा कारोबार हुदै

आइतबार, २५ असोज २०७७    Capital Live News



सुनको मुल्य बढ्यो , तोलाको कति ?
फाइल तस्विर

काठमाडौं, असोज २५ ।
साताको पहिलो दिन अर्थात् आइतबार सुनको मुल्य ह्वात्तै बढेको छ । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको हो । गत शुक्रबार पनि सुनको मुल्य तोलामा ९०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला ९५ हजार ६०० तोकेको छ ।

शुक्रबार सुनको मुल्य ९४ हजार ८०० थियो । आजका लागि तेजावी सुनको मुल्य भने ९५ हजार १०० रहेको छ । यस्तै, आज चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला १२३५ रहेको छ, शुक्रबार चाँदीको मुल्य ११९५ रुपैयाँ थियो । 

प्रतिकृया दिनुहोस