फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

नौ सयले बढ्यो सुनको मुल्य

शुक्रबार, २३ असोज २०७७    Capital Live News



फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
फाइल तस्विर

काठमाडौं, असोज २३ ।
साताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला नौ सय र चाँदी १५ रुपैयाँले बढेको हो । बिहीबार ९३ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार नौ सयले बढेर ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस