महेन्द्रनगरमा अश्लिल भिडियो लिक, प्रहरी अनुसन्धान सुरु

किशोरीकी साथीले लिक गरेको हुन सक्ने आशंका

बुधबार, ०७ असोज २०७७    क्यापीटल संवाददाता



महेन्द्रनगरमा अश्लिल भिडियो लिक,  प्रहरी अनुसन्धान सुरु
फाइल तस्विर

कञ्चनपुरअसोज ७।

महेन्द्रनगरमा एउटा युवतीको अश्लिल भिडियो लिक भएको छ। भिडियो लिक भएपछि पीडितहरु प्रहरीमा पुगेका छन्। भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिबिधि गरिरहेकी देखीएको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिडियो कसरी लिक भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ। ठाडो उजुरीको आधारमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर चन्दले बताए।

प्रहरीका अनुसार महेन्द्रनगरकी ती किशोरी अहिले बिदेशमा रहेका युवकसंग प्रेममा थिइन। ती किशोरी र युवकका बीचमा फोन तथा भिडियोमा अश्लिल कुराकारी हुने र नग्न भिडियो आदानप्रदान हुने गरेको स्रोतले बतायो। सोही क्रममा अश्लिल भिडियो लिक भएको हुनसक्ने अनुमान गरिएको छ। उक्त भिडियो धेरैले मोवाइलमा सेभ गरेका छन्।

उक्त भिडियो किशोरीकी साथीले लिक गरेको हुन सक्ने आशंका छ। दुवै किशोरी मिल्ने साथी थिए। उनीहरुका बीच पनि अश्लिल भिडियो शेयर हुने गरेको थियो। त्यही क्रममा सहपाठीले नै लिक गरेको हुनसक्ने आँकलन प्रहरीले गरेको छ।

महेन्द्रनगरमा पछिल्लो समय एकपछि अर्को गरी यस्ता अश्लिल भिडियोहरु सार्वजनिक भइरहेका छन्।

प्रतिकृया दिनुहोस