मोडलिङमा जम्दै सदावहार मोडेल अर्जुन सिँह जाग्री (भिडियो)

जाग्रीको सानैदेखिको रहर मोडलिङ

मङ्गलबार, ३० भदौ २०७७    क्यापीटल संवाददाता



मोडलिङमा जम्दै सदावहार मोडेल अर्जुन सिँह जाग्री (भिडियो)
तस्विर: भिडियोबाट

धनगढी, भदौ ३०।
अर्जुन सिँह जाग्रीको अभिनयमा देउडा गीत ‘परदेश भयो काल’ युट्युबमार्फत सार्वजनिक भएको छ। उक्त गीतमा आवाज गायक उमाशँकर जोशी, रेखा जोशी र दुर्गा सिँहको रहेको छ भने अभिनयमा मोडेल अर्जुन सिँह जाग्री र हेमानी ढुङ्गाल रहेका छन।

पेशाले नेपाल प्रहरीमा आवद्ध रहेका मोडेल जाग्रीलाई मोडलिङ गर्ने सानैदेखिको रहर भएको र यस क्षेत्रमा आफुलाइ स्थापित गरेरै छाड्ने जाग्रीले बताए।बझाङको छविसपाथिभरा (थलारा) मा जन्मिएका जाग्रीले यसअघि पनी थुप्रै देउडा तथा लोकदोहोरी गीतमा अभिनय गरीसकेका छन। 

हालै सार्वजनिक भएको आफ्नो अभिनय रहेको देउडा गीत ‘परदेश भयो काल’ लाई माया गरिदिन उनले आग्रह गरेका छन्। 


प्रतिकृया दिनुहोस