आजको मौसमः  चार वटा प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने

आउँदो तीन दिनसम्म मौसममा सुधार नहुने

शुक्रबार, २६ भदौ २०७७    Capital Live News



आजको मौसमः  चार वटा प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने
फाइल तस्विर

काठमाडौं, भदौ २६ ।

आज देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।  प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि देशभर बादल लागेर गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानीसमेत परिरहेको र दिउँसो पनि देशभर बादल लागेर केही ठाउँमा सामान्यदेखि आंशिक पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । अहिले न्यूनचापीय  रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ तथा पश्चिम बंगालमा न्यूनचापीय क्षेत्र रहेको छ ।

आउँदो तीन दिनसम्म मौसममा सुधार नहुने पनि महाशाखाले जनाएको छ । यसैबीच राति देशका केही ठाउँमा ठूलो पानी परेकाले बाढीपहिरो र डुबानको खतरा रहेको छ ।  राति नवलपरासी, रूपन्देहीको  सूर्यपूरा, बुटवल र आसपास, कपिलवस्तु, पोखरा, बाग्लुङ, पर्वत,म्याग्दी आसपास ठूलो वर्षा भएको र पहिरोको सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । तिनाउ, कञ्चनखोला, वाणगंगालगायत रुपन्देही कपिलवस्तु भएर बहने साना नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले चनाखो रहन शाखाको सुझाव छ ।

प्रतिकृया दिनुहोस